काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि आन्तरिक र बाह्य चौतर्फी हमला भएको बताएका छन्। केन्द्रीय कमिटीको बैठकमा नेताहरूले उठाएको प्रश्नको जवाफ दिँदै ओलीले जतिसुकै हमला भए पनि दृढताका साथ दरो भएर सत्यको पक्षमा उभिने बताए।
उनले भने, ‘हामीमाथि आन्तरिक र बाह्य चौतर्फी हमला छ। तर जति नै प्रहार गरेपनि दृढताका साथ दरो भएर सत्यको पक्षमा हामी उभिन्छौं।’
उनले एमालेको महान कार्यको रिस डाह गर्नेहरू अनेक लाञ्छना लगाएर पार्टीलाई कमजोर बनाउने प्रयास गरिरहेको बताए। उनले भने, ‘हरेक अपराधी कुरा गरेर जनतालाई भ्रममा पारेर एमालेलाई आक्रमण गर्ने काम भएको छ यी सबै षड्यन्त्र र आक्रमणका विरुद्ध सबै पार्टी पंक्ति एक ढिक्का भएर लड्ने छौं।’
प्रकाशित: २३ पुष २०८१ १६:५७
प्रतिक्रिया