काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ। आज नेप्से ६.१६ अंकले बढेर दुई हजार छ सय ४६.८४ बिन्दुमा कायम भएको हो।
आज तीन सय पाँच कम्पनीको एक करोड २० लाख ८१ हजार ६ सय ६ कित्ता सेयर ६६ हजार ६ सय २६ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ३८ करोड ४६ लाख ७२ हजार दुई सय ९५ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा बैंकिङ समूह ०.२७, होटल तथा पर्यटन ०.०४, उत्पादन तथा प्रशोधन ०.२५ र अन्य समूह ०.१८ प्रतिशतले घटेको छ।
लगानी समूहको उपसूचक स्थिर देखिँदा अरु समूहका उपसूचक भने बढेका छन्। सबैभन्दा धेरै वित्त समूह २.६५ प्रतिशतले बढेको छ।
विकास बैंक ०.८०, जलविद्युत् ०. ४२, जीवन बीमा ०.६७, लघुवित्त ०.४४, म्युचुअल फन्ड ०.३५, निर्जीवन बीमा ०. ४२ र व्यापार समूह ०.५९ प्रतिशतले बढेको छ।
सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड र ङादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।