काठमाडौँ- मंगलबार बिहान गएको भूकम्पको क्षति विवरण बुझ्न सशस्त्र प्रहरीका २५ सय जनालाई परिचालन गरिएको छ। सशस्त्र प्रहरी बलका प्रवक्ता शैलेन्द्र थापाका अनुसार कोशी, मधेश र बागमती प्रदेशमा सोही संख्यामा दस्ता परिचालन गरिएको छ।
उनका अनुसार हालसम्म केही जिल्लाका १-२ कच्ची घर सामन्य चर्किएको बाहेक ठूलो भौतिक क्षति भएको छैन। सशस्त्रका अनुसार रामेछाप, सिन्धुपाल्चोक, ओखलढुंगा, सोलुखुम्बुमा केही घरमा सामान्य क्षति पुगेको छ।
प्रकाशित: २३ पुष २०८१ १२:१०
प्रतिक्रिया