काठमाडौँ- मंगलबार बिहान चीन केन्द्रविन्दु भएको भूकम्पबाट हालसम्म मानवीय क्षति नभएको विवरण आएको छ। राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले दिएको विवरण अनुसार नेपालका पूर्वी ९ जिल्लामा भूकम्पको कडा महसुस भएको छ।
केन्द्रका अनुसार संखुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, पाँचथरमा कडा महसुस भएको छ। यस्तै इलाम, झापा, सुनसरी, मोरङ, उदयपुरमा सामान्य धक्का महसुस भएको जनाएको छ।
यसका अतिरिक्त बागमती, मधेश र गण्डकीमा पनि भूकम्पको महसुस भएको जानकारी दिइएको छ। यता काठमाडौँ उपत्यकामा पनि कडा महसुस गरिएको छ।
प्रकाशित: २३ पुष २०८१ ९:४९
प्रतिक्रिया