‘नेपालको पूर्वी जिल्लामा भूकम्पको असर देखिन्छ, सूचना संकलन भइरहेको छ’

हिमाल प्रेस २३ पुष २०८१ ८:३१
20
SHARES
‘नेपालको पूर्वी जिल्लामा भूकम्पको असर देखिन्छ, सूचना संकलन भइरहेको छ’

काठमाडौँ- चीनको दिंगे केन्द्र भएको भूकम्पको असर नेपालका पूर्वी जिल्लामा देखिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, उत्तरी धादिङमा असर देखिएको हो। यी जिल्लामा भएको क्षतिको विवरण संकलन भइरहेको प्राधिकरणले जनाएको छ।

आज बिहान ६:५० मा नेपालमा ठूलो भूकम्पको महसुस भएको थियो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प ६ मेग्निच्युडको रहेको छ। हालसम्म भूकम्पको क्षति विवरण आइसकेको छैन।

प्रकाशित: २३ पुष २०८१ ८:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast