काठमाडौँ- काठमाडौँसहित विभिन्न ठाउँमा भूकम्पको महसुसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शतर्क रहन अनुरोध गरेका छन्। उनले भूकम्पपछि सामाजिक सन्जालमार्फत शतर्क रहन र सुरक्षित बन्न अनुरोध गरेका हुन्।
‘हिजोआज विभिन्न भागमा सानाठूला भूकम्पका धक्का आइरहेका छन्। सबै सतर्क रहनुहोला, सुरक्षित रहनु होला।’ ओलीले फेसबुकमा लेखेका छन्।
मंगलबार बिहान ६ बजेर ५० मिनेट जाँदा शक्तिशाली भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।
केन्द्रका अनुसार चीनको दिंगे काउन्टीलाई केन्द्रविन्दु बनाएर ७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का महसुस भएपछि मानिसहरू सडकमा निस्किएका थिए ।
प्रकाशित: २३ पुष २०८१ ८:००
प्रतिक्रिया