काठमाडौँ- हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशसहित गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।
कोशी र मधेशको तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। बागमती र गण्डकीमा हिमाली स्थानहरूमा हल्का वर्षा साथै हल्का हिमपातको सम्भावना रहेको छ। यस्तै यहाँ तराई क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
लुम्बिनी प्रदेशमा समेत हल्का वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिममा दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही थोरै स्थानमा हल्का वर्षा साथै हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।