काठमाडौँ- नेकपा (माओवादी केन्द्र) को आठौँ केन्द्रीय समितिको छैटौँ बैठकको दोस्रो दिन ८० जना केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका छन्। काठमाडौँमा आइतबार सुरु भएको बैठकमा सोमबार ८० जनाले आफ्ना धारणा राखेका हुन्।
बैठकको सुरुमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राखेपछि राजनीतिक प्रस्तावमा छलफल सुरु भएको छ। बैठकमा १८० जनाले बोल्नका लागि नाम टिपाएको छन्। बैठक मंगलबार ११ बजेसम्मा लागि स्थगित भएको छ।
प्रकाशित: २२ पुष २०८१ १७:३१
प्रतिक्रिया