प्रियंका र दीयाको नृत्यमा ‘ममी’ को गीत ‘म त यसै नक्कली’

हिमाल प्रेस २२ पुष २०८१ १७:३१
16
SHARES
प्रियंका र दीयाको नृत्यमा ‘ममी’ को गीत ‘म त यसै नक्कली’

काठमाडौँ- समर निरौलाको डेब्यु निर्देशनमा बनेको फिल्म ‘ममी’ को पहिलो गीत सार्वजनिक गरिएको छ। एसडी योगीको संगीत रहेको गीतमा समीक्षा अधिकारी र विज्ञानी पराजुलीको स्वर छ।

हर्क साउदले लेखेको गीतमा रिकेश गुरुङले संगीत संयोजन छ। गीतको भिडियोमा फिल्मका दुई अभिनेत्री प्रिंयका कार्की र दीया मास्केको नृत्यलाई प्रस्तुत गरिएको छ। विक्रिम स्वाँरको कोरियोग्राफी रहेको गीतको भिडियो निशाल पौडेलको छायांकन र टेकेन्द्र शाहको सम्पादनमा बनेको छ।

हरर जनरामा बनेको फिल्मले परिवारको प्रिय कुकुरको निधनपश्चात छोरीले घरमा कालो बिरालो पाल्न थालेपछि परिवारमा निम्तिने विपत्तिलाई प्रस्तुत गरिएको छ।

फिल्म आगामी माघ २५ मा प्रदर्शन हुनेछ। फिल्ममा प्रियंका, दीया, सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायत कलाकारको अभिनय छ।

सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको फिल्म समर निरौला र पूर्णिमा जोशीको लेखन छ। फिल्मका निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन भने कार्यकारी निर्मातामा सुमन कोइराला छन्।

निशाल पौडेल र शरद महतोले संयूक्त छायांकनमा बनेको फिल्म सुरेन महर्जनले सम्पादन गरेका छन्।

 

प्रकाशित: २२ पुष २०८१ १७:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast