संसदीय समितिमा कांग्रेस सांसद खतिवडा र थानीबीच विवाद

हिमाल प्रेस २२ पुष २०८१ १६:२८
36
SHARES
संसदीय समितिमा कांग्रेस सांसद खतिवडा र थानीबीच विवाद

काठमाडौँ- संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा सभापतिले बोल्न नदिएको भन्दै कांग्रेस सांसद हृदयराम थानी आक्रोशित भएका छन्। सिंहदरबारमा सोमबार बसेको समिति बैठकमा सांसद थानी बोल्दै गर्दा समिति सभापति रामहरि खतिवडाले रोकेपछि विवाद भएको हो।

बैठकमा सांसद थानीले समितिमा धेरै विधेयकमाथि छलफल गर्न बाँकी रहदा धेरै उजुरी छलफलका लागि किन ल्याएको भन्दै प्रश्न गरेका थिए। कांग्रेस सांसदसमेत रहेका सभापति खतिवडाले रोक्न खोजेपछि थानी आक्रोशित भएका हुन्। थानीले आफू बोल्न खोज्दा सधैँ सभापतिले रोक्न खोजको भन्दै आपत्तिसमेत जनाए।

सभापति खतिवडाले सबैको सहमतिमा विधेयक अघि लैजाने भन्दै सांसद थानीलाई बोल्न आग्रह गरेका थिए। तर सांसद थानीले भने सभापतिको कार्यशैलीको विरोध गर्दै आफ्नो भनाइ अघि बढाउन अस्वीकार गरे।

प्रकाशित: २२ पुष २०८१ १६:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast