यी कम्पनीका सेयर मूल्य बढ्यो

हिमाल प्रेस २२ पुष २०८१ १६:०९
38
SHARES
यी कम्पनीका सेयर मूल्य बढ्यो सेयर बजार

काठमाडौँ- सेयर बजारमा आज हरियाली छाएको छ। नेपाल स्कट एक्सचेञ्ज (नेप्से) परिसूचक एक दशमलव ८९ प्रतिशत अर्थात् ४९ दशमलव १२ अंकले बढेर दुई हजार छ सय ४० दशमलव ६८ विन्दुमा पुगेको छ।

विभिन्न तीन सय १२ कम्पनीका एक करोड ५४ लाख ६१ हजार दुई सय ६४ कित्ता सेयर ७५ हजार पाँच सय ४० पटक कारोबार हुँदा छ अर्ब ३० करोड ५४ लाख ३१ हजार आठ सय ८५ मा कारोबार भएको नेप्सेले जनाएको छ।

नेप्सेका अनुसार आजको कारोबारपछि दुई २६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२ वटा कम्पनीको सेयर मूल्य ओरालो लागेको छ। चारवटा कम्पनीको सेयर मूल्य स्थिर छ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सुपर मादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य नौ दशमलव ७० प्रतिशत, साहास ऊजा लिमिटेडको सेयर मूल्य आठ दशमलव ७० प्रतिशत, माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य आठ दशमलव ५९ प्रतिशतले बढेको नेप्सेले जनाएको छ।

त्यसैगरी, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

प्रकाशित: २२ पुष २०८१ १६:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast