काठमाडौँ- नेपालीहरुले यसवर्ष नृत्यमा आधारित रियालिटी सो ‘वर्ल्ड अफ डान्स (डब्लुओडी)’ मा सहभागी जनाउन पाउने भएका छन्। नृत्यमै भविष्य खोज्नेहरूका लागी मण्डला इन्टरटेनमेन्टले यस कार्यक्रमको फ्रेन्चाइज नेपालमा भित्राएको हो।
काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आयोजकले कार्यक्रम माघ २४ मा ठमेलमा हुने जानकारी दिए। देशैभरबाट डिजिटल अडिसनबाट तीनसय बढीको आवेदन परेको र अन्य चरणाकाे लागि छनाेट कार्य भइरहेको आयोजकले जनाएको छ।
आयोजककाअनुसार कार्यक्रममा विभिन्न चरणाहरु पार गर्दै विजेता छनोट गरिनेछ। प्रतिस्पर्धीहरूले तीन विधामा सहभागिता जनाउन सक्नेछन्। उपर डिभिजन, उपर टिम डिभिजन र जुनियर टिम डिभिजन। सो को निर्णायक टिममा निशान गौचन, जेडी तमु र मुकेश ढकाल छन्।
तीनवटै विधाका विजेताले एक/एक लाख नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछन्। साथै अमेरिकामा आगामी जुलाई १६ देखि २१ तारिखसम्म आयोजना हुने वर्ल्ड अफ डान्समा नेपाललाई प्रतिनिधित्व गर्दै सहभागिता जनाउने सक्ने जनाइएको छ। उक्त कार्यक्रममा २५ देशका विजेताहरूबीच प्रतिस्पर्धा हुनेछ।