संसद्को हिउँदे अधिवेशनमा विद्यालय शिक्षा विधेयक पेस हुने

हिमाल प्रेस २२ पुष २०८१ १५:०२
1.6k
SHARES
संसद्को हिउँदे अधिवेशनमा विद्यालय शिक्षा विधेयक पेस हुने

काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले संसद्को आगामी हिउँदे अधिवेशनमा विद्यालय शिक्षा विधेयक–२०८० पेस हुने भएका छन्। उक्त विधेयक हाल समितिमा विचाराधीन छ।

शिक्षा सुधारको माग राखेर ८ दिनदेखि माइतीघर मण्डलामा धर्नामा बसेका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंसँग कुराकानी गर्दै सभापति थापाले उक्त कुरा बताएका हुन्।

‘विद्यालय शिक्षा विधेयकलाई संसद्को हिउँदे अधिवेशनमा टेबुल गर्छौं भन्ने हामीलाई समितिको छलफलमा लागेको छ,’ सभापति थापाले भने।

सभापति थापाले चापाईँका अधिकांश सुझावमा समिति गम्भीर रहेको बताउँदै भने, ‘विद्यालय शिक्षासम्बन्धीको अबको छलफलमा समितिमा तपाईँलाई आमन्त्रण गर्नेछौं। अब शिक्षामा सुधार नगर्ने हो भने देश सुध्रिने छैन।’

चापागाईँको धर्नास्थल माइतीघरमा सभापति थापासँगै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई पनि पुगेकी थिइन्। सभापति थापा र शिक्षामन्त्री भट्टराईले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि चापागाईँले आजैबाट धर्ना स्थगित भएको बताएका छन्।

प्रकाशित: २२ पुष २०८१ १५:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast