बुद्ध एयरको विमानमा समस्या देखिएपछि डाइभर्ट

हिमाल प्रेस २२ पुष २०८१ १२:३१
14
SHARES
बुद्ध एयरको विमानमा समस्या देखिएपछि डाइभर्ट बुद्ध एयर। फाइल तस्बिर

काठमाडौँ- काठमाडौँबाट सोमबार बिहान झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या उत्पन्न भएपछि डाइभर्ट गरिएको छ। उडान नं. ९५३ जहाज कल साइन ९ एन एजेएसको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएपछि  काठमाडौँ डाइभर्ट गरिएको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए।

उक्त विमान बिहान ११:१५ बजे त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ। जहाजलाई एयरलाइन्सका प्राविधिकले परीक्षणा गरिरहेको कर्णले बताए। उनका अनुसार यात्रुलाई अर्को जहाजबाट भद्रपुर पठाउने तयारी भइरहेको छ।

प्रकाशित: २२ पुष २०८१ १२:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast