पार्टी एकताका लागि लोसपाले बनायो कार्यदल

हिमाल प्रेस २२ पुष २०८१ ८:२५
58
SHARES
पार्टी एकताका लागि लोसपाले बनायो कार्यदल लाेसपा अध्यक्ष महन्थ ठाकुर। फाइल तस्बिर

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले कार्यगत एकता एवं राजनीतिक मुद्दा र सिद्धान्त मिल्नेसँग पार्टी एकीकरणका लागि संवाद गर्न समिति गठन गरेको छ।

अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गर्दै मधेश केन्द्रित राजनीतिक पार्टीबीच संवाद, सहकार्य, कार्यगत एकता एवं राजनीतिक मुद्दा मिल्नेसँग पार्टी एकीकरणका लागि समिति गठन गरिएको जानकारी गराए।

समितिमा वरिष्ठ उपाध्यक्ष एवं मधेश प्रदेश अध्यक्ष जितेन्द्रप्रसाद सोनार, वरिष्ठ उपाध्यक्ष उमाकान्त झा, उपाध्यक्ष रामप्रकाश चौधरी, महासचिव डा. सुरेन्द्रकुमार झा र महासचिव मनिषकुमार मिश्र रहेका छन्।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गर्दै थप राजनीतिक अधिकार प्राप्तिको लागि संघर्षशील राजनीतिक शक्तिबीच संवाद, सहकार्य एवं कार्यगत एकता आजको आवश्यकता रहेको लोसपाले ठहर गरेको छ।

प्रकाशित: २२ पुष २०८१ ८:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast