काठमाडौँ- आइतबार बिहान काठमाडौँमा केही तातो बढेको महसुस भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ६ बजेको मापन अनुसार काठमाडौँको न्यूनतम तापक्रम ८.१ डिग्री सेल्सियस छ।
आइतबार जस्तै काठमाडौँ आज बिहान पनि बादलले ढाकिएको छ। बदलीको अवस्था भएकै कारण न्यूनतम तापक्रम केही बढेको हो।
आइतबार काठमाडौँको न्यूनतम तापक्रम ७.२ डिग्री सेल्सियस मापन भएको थियो। शनिबार ५.९ डिग्री सेल्सियस मापन भएको थियो। दिउँसोको हकमा घाम लाग्न नपाउँदा र बदली हुँदा बढी चिसो हुने उनले बताइन्। सोमबार काठमाडौँको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ।
मंगलबार भने छिटपुट वर्षाको समेत सम्भावना छ।
प्रकाशित: २२ पुष २०८१ ७:४५
प्रतिक्रिया