काठमाडौँ- इंग्लिस प्रिमियर लिगको शीर्षमा रहेको लिभरपुल म्यान्चेस्ट युनाइटेडसँग बराबरीमा रोकिएको छ।
सिजनभर खराब प्रदर्शन गरिरहेको युनाइटेडले शीर्ष टोली लिभरपुललाई बराबरीमा रोक्दा दोस्रो स्थामा रहँदा समेत दोस्रो स्थानमा रहेको आर्सनलसँग छ अंकको अग्रता छ। अमाड डेल्लोले ८० औं मिनेटमा बराबरी गोल गर्दै युनाइटेडलाई अंक दिलाएका हुन्। खेलमा अग्रता युनाइटेडले नै लिएपनि जोगाउन सकेन।
लिसान्द्रो मार्टिनेजले ५२ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। त्यसको ७ मिनेटपछि लिभरपुलका कोडी गाक्पोले बराबरी गोल गरे। खेलको ७० औं मिनेटमा मोहम्मद सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई अघि बढाए।
८० औं मिनेटमा डेल्लोले टोलीका लागि अर्को ठूलो गोल गर्दै हारबाट जोगाए। १९ खेलमा लिभरपुलको ४६ अंक छ। २० खेलमा २३ अंकसहित युनाइटेड १३ औं स्थानमा छ।
लिगको अर्को खेलमा फुलहम र इप्स्विचले २-२ को बराबरी खेलेका छन्। फुलहम ३० अंकसहित नवौं स्थानमा छ। इप्स्विच १६ अंकसहित १८ औं स्थानमा छ।