काठमाडौँ- नेकपा एमाले केन्द्रीय कमिटीको बैठक सोमबार पनि बस्दैछ। एमाले केन्द्रीय कमिटीको आठौं बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु हुने महासचिव शंकर पोखरेलले जानकारी दिए।
उनकाअनुसार आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरूले धारणा राख्नेछन्। आइतबार अध्यक्षको प्रतिवेदनमाथि २७ जना केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए।
आइतबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले अध्यक्षको प्रतिवेदन तथा पार्टी निर्णय र सरकारको कामकारबाहीबारे बोलेका थिए।
प्रकाशित: २२ पुष २०८१ ७:०५
प्रतिक्रिया