एमाले बैठकमा उठ्यो भीम रावललाई निष्काशन गरेको विषय

हिमाल प्रेस २२ पुष २०८१ ६:५६
20
SHARES
एमाले बैठकमा उठ्यो भीम रावललाई निष्काशन गरेको विषय एमाले केन्द्रीय कमिटी बैठक। तस्बिर : ओली सचिवालय

काठमाडौँ- पार्टीको अनुशासनमा नबसेको भन्दै निष्काशनमा परेका पूर्वउपप्रधानमन्त्री भीम रावलको विषय नेकपा एमाले केन्द्रीय कमिटीमा उठेको छ।

आइतबार बसेको एमाले केन्द्रीय कमिटी बैठकमा पूर्वउपाध्यक्ष भीम रावलसहित स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई गरिएको कारबाहीमा पुनर्विचार गर्न आवाज उठेको हो।

अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रममा केन्द्रीय सदस्य झपट रावल र प्रकाश शाहले कारबाही फिर्ता लिन माग गरिएको थियो। उनीहरू दुवै रावलको गृह प्रदेश सुदूरपश्चिमका नेताहरू हुन्। यता झपट त लामो समयदेखि भीम रावलसँगै काम गरेका थिए।

पहिले कारबाही अनुमोदन, पछि बोल्ने अनुमति
एमाले बैठकमा ३ नेतामाथि गरिएको कारबाही सुरुवाती चरणमै गरिएको थियो। बैठक सुरुवात हुनासाथ ओलीले कारबाही अनुमोदन गरेका थिए। एमालेका एक सदस्यका अनुसार सदस्यहरूले आपत्ति जनाउने बुझेर ओलीले सुरुमै कारबाही अनुमोदन गरेका थिए।

मंसिर १० गते बसेको एमाले सचिवालय बैठकले रावललाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो भने पाण्डे र तिम्सेनालाई ६ महिना जिम्मेवारीबाट मुक्त राख्ने निर्णय गरेको थियो। एमालेको बैठक आज पनि बस्नेछ। आज बाँकी रहेका सदस्यले बोल्ने कार्यसूची छ।

प्रकाशित: २२ पुष २०८१ ६:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast