काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान संशोधन सुझाव कार्यदल गठन गरेको छ। पार्टीले आइतबार प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।
उनले भने, ‘कार्यदलले सात वटै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधानविदसँग छलफल गरेर दलका तर्फबाट सार्वजनिक धारणा बनाउनेछ।’
कार्यदलमा कान्तिशिखा धिताल, डा. नन्दन यादव, गणेश कार्की, सोबिता गौतम, असिम साह, डाक्टर तोसिमा कार्की, डाक्टर अच्युतम लामिछाने र मेघ आले छन्। कार्यदलले सात वटै प्रदेशमा गर्ने छलफल कार्यक्रमको संयोजक सोही प्रदेशका पार्टी सभापति रहनेछ झाले जानकारी दिए।
प्रकाशित: २१ पुष २०८१ १३:१०
प्रतिक्रिया