गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो

हिमाल प्रेस २१ पुष २०८१ ११:२४
26
SHARES
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो

काठमाडौँ- गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन खुलेको छ।

कम्पनीले कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारण समूहमा जारी गर्न लागेको हो। जसमध्ये वैदेशिक रोजगारमा रहेका नेपाली, कर्मचारी, सामुहिक लगनी कोषलाई छुट्याएर बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुलेको हो।

अंकित मूल्य १ सयका दरले आवेदन दिन सकिनेछ। न्यूनतम १० कित्ता तथा अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक कुमारी क्यापिटलले सूचनामार्फत जनाएको छ। मेरो सेयरमार्फत आइतबार १० बजेपछि आवेदन दिन सक्नेछन्। पुस २४ गतेसम्म यसमा आवेदन दिन सकिनेछ।

आव २०८०/८१ सम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ ५९ पैसा छ भने प्रतिसेयर आम्दानी २५ पैसा छ। २७ लाख ५० हजार रुपैयाँ सञ्चित नाफा रहेको कम्पनीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast