संविधान परिमार्जनबारे छलफलमा जुट्यो रास्वपा

हिमाल प्रेस २१ पुष २०८१ १०:३०
संविधान परिमार्जनबारे छलफलमा जुट्यो रास्वपा काठमाडौँ स्वयम्भूस्थित स्टार भेन्युमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक। तस्बिर सौजन्य : रास्वपा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी संविधान परिमार्जनबारे छलफलमा जुटेको छ। पार्टीको जारी केन्द्रीय समिति बैठकमा आइतबार संविधान परिमार्जनका बारेमा छलफल हुन लागेको हो।  बैठकमा संविधान परिमार्जन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको कार्यवाहक प्रवक्ता मनीष झाले बताए। यसैगरी सर्वांगीण विकासको भावी कार्यदिशाबारे छलफलको एजेन्डा छ।

बैठकमा जलेशश्वर बैठक र राष्ट्रिय भेलामा प्रस्तुत पार्टी सभापतिको राजनीतिक प्रतिवदेनहरू, पार्टीको आगामी कार्यदिशा, कार्यक्रम तालिकाबारे छलफल हुने झाले बताए। साथै बैठकमा केन्द्रीय समिति, सल्लाहकार परिषद् र थिंकट्यांक एवम् विभागको पुनर्संरचनाका सम्बन्धमा छलफल हुनेछ।

शनिबार काठमाडौँ स्वयम्भूस्थित स्टार भेन्युमा सुरु भएको दोस्रो दिन जारी छ।

प्रकाशित: २१ पुष २०८१ १०:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast