काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थीको छात्रवृत्ति फाराम भर्ने म्याद थप गरेको छ। केन्द्रले आगामी माघ ६ गतेसम्म फाराम भर्न सबै स्थानीय तहलाई पत्र पठाएको छ।
पत्रमा भनिएको छ,‘विपन्न लक्षित छात्रवृत्ति व्यवस्थापन मापदण्ड, २०८० को दफा ७ उपदफा १ (क) अनुसार सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८१ मा कक्षा ५ र ८ मा अध्ययनरत विद्यार्थीका लागि आ.व. २०८१/०८२ मा छात्रवृत्ति वितरण गर्ने प्रयोजनार्थ मापदण्डको अनुसूची १ अनुसारको Proxy Mean Testing (PMT) फाराम सम्बन्धित विद्यालयवाट भर्ने भराउने सम्बन्धमा यस केन्द्रबाट मिति २०६१/०७/२९ मा प्रकाशन गरिएको ४५ दिनको म्याद समाप्त भएकाले २०८१/१०/०६ सम्म म्याद थप गरिएको छ। फाराम भर्न भराउन छुट भइ छात्रवृत्ति उपलब्ध नभए स्वयम् विद्यालय जिम्मेवार हुने व्यहोरा जानकारीका लागि अनुरोध छ।’