सन्दुक रुइतलाई श्रीपती समाजसेवा पुरस्कार

हिमाल प्रेस २१ पुष २०८१ ६:४७
सन्दुक रुइतलाई श्रीपती समाजसेवा पुरस्कार

पोखरा- डा. सन्दुक रुइत २ लाख राशिको श्रीपती समाजसेवा पुरस्कार–२०८१ बाट सम्मानित भएका छन्।

शनिबार श्रीपती कोइराला गुठीको ३२ औं वार्षिक साधारण सभा अवसरमा गुठीद्वारा सञ्चालित सो पुरस्कारबाट डा. रुइतलाई सम्मान गरिएको हो ।

पुरस्कार राशि नगद २ लाख २२ हजार २२२ रुपैयाँसहित दोसल्ला, सम्मानपत्र र पदक छ।

तीलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी निर्देशकसमेत रहेका उनी कम लागतमा मोतियाबिन्दु उपचारका लागि विश्वविख्यात चिकित्सा पद्दति रुइतेक्तोमिताका सुरुवातकर्तासमेत हुन् । उनले हालसम्म मोतियाबिन्दुका कैयौं बिरामीको शल्यक्रिया गरेर दृष्टि फर्काएका छन्।

बहराइन सरकारबाट दृष्टिका संवाहक उपाधिसहित ईशा अवार्ड पाएका डा। रुइतले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार, भारतको पद्मश्री पुरस्कार, रोमन म्यागासेसे पुरस्कार, थाइल्याण्ड, भुटानलगायतका पुरस्कार पाइसकेका छन्।

यसअघि, सो पुरस्कार माइती नेपाल, महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र, सर्लाहीको पद्म भुवनेश्वरी नमुना वृद्ध सेवा आश्रम र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति, पोखरालाई प्रदान गरिएको थियो।

यसैबीच, सो अवसरमा सामाजिक पत्रकारिता पुरस्कारबाट पोखराका अग्रज पत्रकार नारायण कार्की सम्मानित भए । उनलाई नगद २२ हजार २२२ राशिसहित दोसला र सम्मानपत्रले सम्मानित गरिएको थियो।

यसअघि, सो पुरस्कार पोखराकै अग्रज पत्रकार कृष्णप्रसाद बास्तोलालाई दिइएको गुठीका सचिव नवराज कोइरालाले जानकारी दिए।

प्रकाशित: २१ पुष २०८१ ६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast