काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी र क्रान्तिकारी कम्युनिस्ट पार्टी विद्रोहीबीच एकता भएको छ।
नेकपा महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ र क्रान्तिकारी कम्युनिस्ट पार्टी विद्रोहीका संयोजक जितेन्द्र सीले संयुक्त वक्तव्य जारी गर्दै एकता सम्पन्न भएको घोषणा गरेका हुन्।
‘क्रान्तिकारी कम्युनिस्ट शक्तिबिचको यो एकता घोषणा गर्न पाउँदा हामी अत्यन्त हर्षित एवं उत्साहित भएका छौँ,’ विज्ञप्तिमा भनिएको छ।
प्रकाशित: २० पुष २०८१ २१:१४
प्रतिक्रिया