काठमाडौँ- सभापति रवि लामिछाने निलम्बनमा परेपछि यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कार्यवाहक सभापति डीपी अर्यालको नेतृत्वमा बैठक राखिरहेको छ।
पहिलो दिनको बैठकले आउँदा दिनमा पार्टीलाई अझै सशक्त बनाउन संगठन निर्माणमा लाग्ने निर्णय गरेको छ।
बैठकले माघ २ गतेबाट सुरु गरी दुई महिनासम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।बैठकमा संगठन निर्माणका लागि सहयोग गर्न जिल्ला–जिल्लामा विज्ञ सम्मिलित कार्यदल बाउनेबारे समेत छलफल भएको कार्यबहाक प्रवक्ता मनिष झाले जानकारी दिए।
रास्वपाले महाधिवेशन सम्पन्न गर्दै संगठन निर्माण चरणलाई निर्धारित समयमा पुरा गर्न राष्ट्रव्यापी संगठन निर्माण अभियान सञ्चालन गर्नेबारे समेत छलफल गरेको बताएको छ।
बैठक भोलि पनि चल्नेछ।
प्रकाशित: २० पुष २०८१ २०:४५
प्रतिक्रिया