काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३०३औँ पृथ्वी जयन्तीका अवसरमा यही पुस २७ गते दरबारमार्गस्थित महेन्द्र सालिकदेखि सिंहदरबार अगाडि रहेको पृथ्वी सालिकसम्म राष्ट्रिय एकता र्याली गर्ने भएको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष पशुपतिशम्शेर राणा, डा प्रकाशचन्द्र लोहनीलगायत नेताहरू पनि र्यालीमा सहभागी हुने कार्यक्रम रहेको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार विभिन्न वेशभूषा र झाँकीसहितको हुने र्याली पृथ्वी सालिकमा पुगेर नेताहरूले राष्ट्रनिर्माताको सम्मानमा पुष्पगुच्छा चढाउने कार्यक्रम छ। सोही दिन राप्रपाले पृथ्वी जयन्तीका अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ।
प्रकाशित: २० पुष २०८१ ९:१७
प्रतिक्रिया