रास्वपा केन्द्रीय समिति बैठक बस्दै

हिमाल प्रेस २० पुष २०८१ ८:३६
12
SHARES
रास्वपा केन्द्रीय समिति बैठक बस्दै रास्वपा केन्द्रीय कार्यालय । फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आजदेखि काठमाडौँमा सुरु हुँदैछ। शनिबार र आइतबार बस्ने रास्वपाको केन्द्रीय समितिको बैठकको पहिलो दिन सहकारीसम्बन्धी अध्यादेश २०८१ र संसद्मा दर्ता भएका विधेयकमाथि छलफल गर्दै पार्टीको धारणा प्रस्तुत गर्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

आजको बैठकमा रास्वपाका केन्द्रीय सदस्यहरूबीच पार्टीको संगठन संरचना, समीक्षा, रणनीति, सवलीकरण र जागरणलगायत विषयमा छलफल गर्ने एजेन्डा छ।

आजै स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै समसामयिक राजनीतिक छलफल र रिपोर्टिङ गर्ने कार्यक्रम तय भएको छ। बैठकको दोस्रो दिन संविधान परिमार्जन सम्बन्धमा छलफल गर्ने बताइएको छ।

पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले तयार गरेको तालिकाअनुसार उक्त बैठकले प्रस्तावानाको व्याख्या एवं विकासको भावी रोडम्यापबारे छलफल गर्नेछ।

प्रकाशित: २० पुष २०८१ ८:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast