पार्टीको छाता ओढ्दैमा सहकारी ठगीमा संलग्नले छुट पाउँदैन : मन्त्री गुरुङ

हिमाल प्रेस १९ पुष २०८१ १८:५१
8
SHARES
पार्टीको छाता ओढ्दैमा सहकारी ठगीमा संलग्नले छुट पाउँदैन : मन्त्री गुरुङ

गण्डकी- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भाषा, संस्कृतिहरू हाम्रो पहिचान भएको बताएका छन्।

नेपाल मगर संघ गण्डकी प्रदेशद्वारा आज (शुक्रबार) पोखरामा आयोजित सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै उनले भाषा, संस्कृति जोगाउनुपर्ने भन्दै यी विषय हाम्रो इतिहास र पहिचानसँग प्रत्यक्ष जोडिएका उल्लेख गरे।

आदिवासी, जनजातिहरूको संस्कृति जगेर्नासँगै उनीहरूका हकहितको संरक्षणलाई लक्षित गरी सरकारले विभिन्न आयोगहरू बनाएको जनाउँदै मन्त्री गुरुङले त्यसको व्यवहारिक उपयोग हुनुपर्ने आवश्यकता औँल्याए।

सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न संसद्मा प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि सम्मिलित छानबिन समिति गठन गरिएको उल्लेख गर्दै मन्त्री गुरुङले सहकारी क्षेत्रका समस्याको दीर्घकालीन समाधानतर्फ सरकार अघि बढिरहेको उल्लेख गरे।

सहकारीमा गल्ती नगर्नेले तसिर्नु नपर्ने भन्दै उनले भने, ‘न्यायिक प्रक्रियामा साथ दिनुहोस् डराउनुपर्दैन, जनताको पैसा हिनामिना गर्नुभएको छैन भने नडराए हुन्छ।’

सहकारीमा ठगीमा संलग्न जोकोही कानुनी कारबाहीको दायरामा आउनुपर्ने बताउँदै मन्त्री गुरुङले भने, ‘जसले सहकारी बचतकर्ताको रकम ठगेको छ, त्यो जुनसुकै दलको भए पनि पार्टीको छाता ओढेर छुट पाउने छैन।’

प्रकाशित: १९ पुष २०८१ १८:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast