ओटीटी प्लेटफर्मका कारण राजस्व घटेको टेलिकमको दाबी

हिमाल प्रेस १९ पुष २०८१ १२:५८
10
SHARES
ओटीटी प्लेटफर्मका कारण राजस्व घटेको टेलिकमको दाबी

काठमाडौँ- नेपाल टेलिकमले ओटीटी प्लेटफर्मका कारण राजस्व घटेको दाबी गरेको छ। आर्थिक वर्ष २०८०/८१ को वित्तीय प्रतिवेदनमा भ्वाइस, एसएमएस सेवासहित समग्रमा राजस्व घट्नुमा ओटिटी प्लेटफर्मको नकारात्मक प्रभाव नै भएको उल्लेख गरिएको छ।

साथै प्रविधिमा आएको परिवर्तनका कारण पीएसटिएन तथा एडीएसएल सेवाको राजस्व विगतका वर्षदेखि नै लगातार घट्दो क्रममा रहेको बताइएकाे छ। बढ्दो प्रतिस्पर्धाका कारण नियमित रुपमा महसुल दरमा गर्नुपरेको कटौती, सस्तो दररेटमा उपलब्ध अफर प्याकेजका कारण साधारण महसुल प्रयोग गर्नेभन्दा प्याकेज प्रयोगकर्ता बढेपछि ग्राहक संख्या बढे पनि जिएसएम सेवाको राजस्व उक्त आर्थिक वर्षमा ४४ करोडले कम भएको नेपाल टेलिकमले जनाएको छ।

‘दूरसञ्चार प्रविधिको विकास, इन्टरनेट सेवाको बढ्दो पहुँचका कारण ओटिटी (जस्तै भाइबर, ह्वाट्सएप, म्यासेञ्जर, इमो आदि) सेवाको व्यापक प्रयोग, विदेशबाट हुने आगमन कल र मुलुकभित्रको कलको परिमाणमा असर परेका कारण अन्तरआबद्धता आय करिब ६८ करोडले कम भएको छ भने समग्रमा समीक्षा अवधिमा कूल आय सञ्चालन एक अर्ब ६५ करोडले सञ्चित भएको छ’, कम्पनीको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: १९ पुष २०८१ १२:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast