प्रथम महिला राजदूत शाहप्रति परराष्ट्रमन्त्रीको श्रद्धाञ्जली

हिमाल प्रेस १८ पुष २०८१ १८:२४
18
SHARES
प्रथम महिला राजदूत शाहप्रति परराष्ट्रमन्त्रीको श्रद्धाञ्जली

काठमाडौँ-  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालका प्रथम महिला राजदूत स्वर्गीय विन्देश्वरी शाहप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन्।

पूर्वराजदूत शाहको ९२ वर्षको उमेरमा आज (बिहीबार) बिहान निधन भएको हो। मन्त्री डा. राणाले दिउँसो काठमाडौँको कालिमाटीस्थित स्वर्गीय शाहको निवासमा पुगेर उनको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली दिएकी हुन्।

परराष्ट्र सेवामा रहेकी शाह २०४४ मा भारतका लागि नेपाली राजदूत नियुक्त भएकी थिइन्।

प्रकाशित: १८ पुष २०८१ १८:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast