भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक संसदीय समितिबाट पारित

हिमाल प्रेस १८ पुष २०८१ १५:३०
20
SHARES
भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक संसदीय समितिबाट पारित

काठमाडौँ- भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक संसदीय समितिबाट पारित भएको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले आज सर्वसम्मत पारित गरेको हो।

समिति सभापति रामहरि खतिवडाले बैठकमा विधेयकको संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्ताव समितिबाट सर्वसम्मत पारित भएको हो। त्यसअघि समितिमा आज विधेयक सम्बन्धमा छलफल गर्न गठित उपसमितिको प्रतिवेदनबारे छलफल भएको थियो।

राज्य व्यवस्था समितिको आजको बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस महामन्त्री गगन थापालगायत पनि सांसद उपस्थित थिए।

समितिबाट पारित भएको संशोधन विधेयक अब प्रतिनिधिसभामा पुग्नेछ।

प्रकाशित: १८ पुष २०८१ १५:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast