काठमाडौँ- काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ। पछिल्लो समय पश्चिम नेपालतिर लगातार भूकम्प गइरहेको थियो। आज भने भूकम्पको महसुस काठमाडौँमा पनि भएको हो। १:४ मिनेट जाँदा भूकम्पको महसुस भएको थियो।
भूकम्पको धक्का काठमाडौँ उपत्यकालगायत काभ्रे, सिन्धुपाल्चोकलगायतका जिल्लामा पनि महसुस गरिएको छ। भूकम्पका बारेमा विस्तृत विवरण आउन बाँकी छ।
प्रकाशित: १८ पुष २०८१ १३:०८
प्रतिक्रिया