बालकलाकार सचिन परियारको निधन

हिमाल प्रेस १८ पुष २०८१ १३:१०
114
SHARES
बालकलाकार सचिन परियारको निधन

काठमाडौँ- बालकलाकार सचिन परियारको निधन भएको छ। उपचारको क्रममा रहेका सचिनको बिहीबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको उनका बुवा तेजेन्द्र परियारले पुष्टि गरेका छन्। केही दिनअघि उनलाई शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। सचिनको १३ वर्षको उमेरमा निधन भएको हो।

विगत एक वर्षदेखि स्वास्थ्य समस्याका कारण थलिएका बालगायक परियारको कम्मर मुनिको भाग राम्रोसँग चल्दैन थियो। यसअघि शल्यक्रिया गरेर तंग्रिएपनि उनी आफ्नै बलमा उभिन सक्दैनथे।सचिनको उपचारको लागि रकम आवश्यक भएको भन्दै उनको परिवारले केही समयअघि आर्थिक सहयोगसमेत मागेको थियो।

सचिनको बोल्ने शैलीका कारण उनी सामाजिक सञ्जालमा भाइरल बनेका थिए। उनले महानायक राजेश हमालसँग  म्युजिक भिडियो अभिनय गरेका थिए। ‘ओठ खोलेर’, ‘के छ हजुर’, ‘सेतो कपास’, ‘वरको छायाँले’, ‘हान्छु ढुंगाले’लगायत सचिनले गाएका गीत, दाेहाेरी तथा खेलेका थुप्रै म्युजिक भिडियो चर्चित छ।

प्रकाशित: १८ पुष २०८१ १३:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast