काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिंघेबीच बिहीबार भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विविध पक्षमा कुराकानी भएको थियो। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रतिनिधिसभाका सदस्य एवं उद्योगपति विनोद चौधरीसमेत उक्त भेटवार्तामा सहभागी थिए। विक्रमासिंघे प्रधानमन्त्री ओलीका एक पुराना मित्र हुन्।
यहीँ पुस १३ गते निजी भ्रमणमा नेपाल आएका श्रीलंकाका पूर्वप्रधानमन्त्रीसमेत रहेका विक्रमासिंघे आज स्वदेश फर्कँदै छन्।
प्रकाशित: १८ पुष २०८१ ११:५१
प्रतिक्रिया