मोन्टेनेग्रोमा गोलीबारी, दुई बालबालिकासहित १० जनाको मृत्यु

हिमाल प्रेस १८ पुष २०८१ १०:१४
12
SHARES
मोन्टेनेग्रोमा गोलीबारी, दुई बालबालिकासहित १० जनाको मृत्यु

काठमाडौँ- युरोपको मोन्टेनेग्रोमा भएको गोलीबारीमा दुई बच्चासहित १० जनाको मृत्यु भएको छ। मोन्टेनेग्रोको दक्षिणी क्षेत्रमा यो घटना भएको प्रहरीले जनाएको हो।

प्रहरी अधिकारीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार केही व्यक्तिको सेटिन्जेस्थित रेस्टराँमा भएको हो। आक्रमणकारीले घटनापछि आफूलाई पनि गोली हानेको बताइएको छ।

यो घटनापछि मोन्टेनेग्रो सरकारले बिहीबारदेखि तीन दिनका लागि राष्ट्रिय शोकको घोषणा गरेको छ। गोलीबारीलाई त्यहाँका प्रधानमन्त्रीले ‘भयानक घटना’ भनेका छन्।

आक्रमणकारीले आफ्नो परिवारका सदस्य, रेस्टराँ मालिक र उनका दुई बालबालिकाको हत्या गरेको बताइएको छ। एएफपीका अनुसार गोलीबारीमा चार जना गम्भीर घाइते भएका छन्।

प्रकाशित: १८ पुष २०८१ १०:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast