लागु औषध सेवन गर्ने १४ जना चालक र सहचालक नियन्त्रणमा

हिमाल प्रेस १८ पुष २०८१ ९:५६
14
SHARES
लागु औषध सेवन गर्ने १४ जना चालक र सहचालक नियन्त्रणमा

काठमाडौँ- प्रहरीले लागु औषध सेवन गरी गाडी चलाउने १४ जना चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ। सुनसरी प्रहरीले एकै दिन यो संख्यामा चालक र सहचालकलाई नियन्त्रणमा लिएको हो।

कोशी राजमार्गमा आवतजावत गर्ने यात्रुबाहक बस तथा मालबाहक सवारी साधनका चालकहरू लागु औषध सेवन गरी सवारी साधन चलाउने गरेको सूचनाका आधारमा चेकजाँच गरेको थियो।

कोशी प्रदेश प्रहरी अस्पतालबाट खटिएका चिकित्सकले स्वास्थ्य परीक्षण गर्दा उनीहरूले लागु औषध मर्फिन र मारिजुएना सेवन गरेको पाइएको सुनसरी प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिएकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ पुष २०८१ ९:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast