कालिमाटीमा तरकारी : गोलभेँडा ९० रुपैयाँ, काउली ३० रुपैयाँ

हिमाल प्रेस १८ पुष २०८१ ७:३८
4
SHARES
कालिमाटीमा तरकारी : गोलभेँडा ९० रुपैयाँ, काउली ३० रुपैयाँ

काठमाडौँ- कालिमाटी फलफूल तरकारी विकास समितिले बिहीबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो। आज गोलभेँडा ठूलो (भारतीय) ९० रुपैयाँ, गोलभेँडा सानो (लोकल) ३० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) ५० रुपैयाँ, गोलभेँडा सानो (तराई) ४० रुपैयाँ, आलु रातो प्रतिकेजी ५५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकेजी ४५ रुपैयाँ मूल्य छ।

प्याज सुकेको (भारतीय) प्रतिकेजी ७२ रुपैयाँ, गाजर (लोकल) प्रतिकेजी १२०रुपैयाँ, गाजर (तराई) प्रतिकेजी ११० रुपैयाँ, बन्दा (लोकल) प्रतिकेजी ३० रुपैयाँ, बन्दा (तराई) प्रतिकेजी ३० रुपैयाँ, बन्दा (नरिवल) प्रतिकेजी ३० रुपैयाँ, काउली स्थानीय प्रतिकेजी ३० रुपैयाँ, स्थानीय काउली (ज्यापु) प्रतिकेजी ५० रुपैयाँ, काउली तराई प्रतिकेजी २५ रुपैयाँ, मूला रातो प्रतिकेजी ४५ रुपैयाँ, मूला सेतो (लोकल) प्रतिकेजी ३० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकेजी ४० रुपैयाँ, भन्टा लाम्चो प्रतिकेजी ४५ रुपैयाँ, भन्टा डल्लो प्रतिकेजी ६० रुपैयाँ कायम भएको छ।

यसैगरी, मकै बोडी प्रतिकेजी ७० रुपैयाँ, मटरकोसा प्रतिकेजी १२० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकेजी ७० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ७० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकेजी ८० रुपैयाँ, टाटे सिमी प्रतिकेजी ६० रुपैयाँ, तिते करेला प्रतिकेजी १०० रुपैयाँ, लौका प्रतिकेजी ६० रुपैयाँ, परवर (तराई) प्रतिकेजी १०० रुपैयाँ, फर्सी पाकेको प्रतिकेजी ६० रुपैयाँ तोकिएको छ।

फर्सी हरियो (लाम्चो) प्रतिकेजी २० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकेजी २० रुपैयाँ, सलगम प्रतिकेजी १०० रुपैया निर्धारण गरिएको छ ।

प्रकाशित: १८ पुष २०८१ ७:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast