डलरको मूल्यमा अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड, जापानी येन कति पुग्यो?

हिमाल प्रेस १८ पुष २०८१ ६:२५
26
SHARES
डलरको मूल्यमा अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड, जापानी येन कति पुग्यो?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज पनि अमेरिकी डलरले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ। अमेरिकी डलरले उच्च मूल्यको रेकर्ड कायम गरिरहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनारसहितका विदेशी मुद्रा भने सस्तिएका छन्। हिजो सस्तिएका धेरैजसो विदेश मुद्रा आज थप सस्तिएका हुन्।

निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ३४ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ३५ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ १५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ, स्विस फ्र्यांक एकको खरिददर एक सय ५० रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ३६ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८४ रुपैयाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ०७ पैसा र बिक्रीदर ९५ रुपैयाँ ४९ पैसा, सिंगापुर डलर एकको खरिददर एक सय रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७२ पैसा र बिक्रीदर आठ रुपैयाँ ७६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८ रुपैयाँ ८१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६७ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९९ पैसा र बिक्रीदर चार रुपैयाँ, यूएई दिराम एकको खरिददर ३७ रुपैयाँ २३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ५८ पैसा र बिक्रीदर ३० रुपैयाँ ७१ पैसा निर्धारण भएको छ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ २५ पैसा र बिक्रीदर नौ रुपैयाँ २९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १२ रुपैयाँ ४० पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ ०७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ६० पैसा र बिक्रीदर १७ रुपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ६० पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ५५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६२ रुपैयाँ ७२ पैसा र बिक्रीदर तीन सय ६४ रुपैयाँ ३१ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५५ रुपैयाँ ६३ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ १९ पैसा तोकिएको छ। त्यसैगरी, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ।

आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ १८ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ६२ र बिक्रीदर ८४ रुपैयाँ ९९ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ९० र बिक्रीदर ८५ रुपैयाँ २८ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ६० पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ५५ पैसा छ। हिजो आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ६० पैसा थियो।

त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६२ रुपैयाँ ७२ पैसा र बिक्रीदर तीन सय ६४ रुपैयाँ ३१ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६२ रुपैयाँ ३८ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ ९७ पैसा थियो।

प्रकाशित: १८ पुष २०८१ ६:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast