बागमती, गण्डकी र सुदूरपश्चिममा पानी पर्ने सम्भावना

हिमाल प्रेस १८ पुष २०८१ ६:१८
22
SHARES
बागमती, गण्डकी र सुदूरपश्चिममा पानी पर्ने सम्भावना

काठमाडौँ- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसको प्रभावले तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ। साथै देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ।

आज दिउँसो र राती बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ। अन्यत्र मौसम सामान्यतया सफा रहनेछ।

बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सुको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक शतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: १८ पुष २०८१ ६:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast