राजनीति सही भए मात्र शिक्षा सुध्रिन्छ : बाबुराम भट्टराई

हिमाल प्रेस १७ पुष २०८१ २१:०८
30
SHARES
राजनीति सही भए मात्र शिक्षा सुध्रिन्छ : बाबुराम भट्टराई फाइल तस्बिर।

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले शिक्षा क्षेत्रमा पर्याप्त बजेट छुट्याउनुपर्नेमा जोड दिएका छन्।

काठमाडौँको माइतीघर मण्डलामा आज (बुधबार) शैक्षिक अभियन्ता नेत्र चापागाईँको शिक्षा क्षेत्रको सुधारको आन्दोलनलाई ऐक्यबद्धता दिन आइपुगेका पूर्व प्रधानमन्त्री डा. भट्टराईले शिक्षा क्षेत्रको सुधारका लागि सही राजनीतिक हुनुपर्नेमा जोड दिए।

सीमित साधन स्रोतका बीच पनि प्राथमिकीकरण गरेर शिक्षा क्षेत्रको विकास गर्न जरूरी रहेको औँल्याउँदै उनले यसतर्फ राजनीतिक नेतृत्वले ध्यान दिनुपर्ने बताए।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता पूर्व शिक्षामन्त्री शिशिर खनालले शिक्षालाई बलियो र प्रभावकारी नबनाएसम्म देश विकास नहुने बताए।

प्रकाशित: १७ पुष २०८१ २१:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast