प्रेस चौतारी नेपालको महाधिवेशन फागुन २३ गतेदेखि २५ सम्म

हिमाल प्रेस १७ पुष २०८१ २०:४३
प्रेस चौतारी नेपालको महाधिवेशन फागुन २३ गतेदेखि २५ सम्म

काठमाडौँ– प्रेस चौतारी नेपालले १० औँ महाधिवेशनमा फागुनमा गर्ने निर्णय गरेको छ। प्रेस चौतारी नेपालको बुधबार बसेको सचिवालय बैठकले आगामी फागुन २३ देखि २५ गतेसम्म विराटनगरमा महाधिवेशन गर्ने निर्णय गरेको चौतारीका महासचिव हिरामान लामाले जानकारी दिए।

उनले श्रमजीवी पत्रकारले अझै पनि न्यूनतम पारिश्रमिकमा काम गर्नुपरेको र सामाजिक सुरक्षा कोषजस्ता पत्रकारका हकहितका काम हुन नसकेकाले महाधिवेशन त्यसतर्फ पनि केन्द्रीत हुने बताए।

महाधिवेशन अगाडि प्रेस चौतारी नेपालले प्रदेश र जिल्ला अधिवेशन सकाउने निर्णय गरेको छ। उनका अनुसार जिल्ला अधिवेशन माघ २५ गते र प्रदेश अधिवेशन फागुन ७ गतेभित्र सक्ने निर्देशन दिएको छ।

प्रकाशित: १७ पुष २०८१ २०:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast