मुख्यमन्त्री कार्यालयमा स्थानीय तहका कर्मचारीहरूको धर्ना

हिमाल प्रेस १७ पुष २०८१ १८:३८
60
SHARES
मुख्यमन्त्री कार्यालयमा स्थानीय तहका कर्मचारीहरूको धर्ना धर्नामा बसेका कर्मचारीहरू

जनकपुरधाम– मधेश प्रदेश स्थानीय तहका कर्मचारीहरु पदस्थापनाको माग गर्दै आन्दोलनमा उत्रेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हातामा उनीहरूले धर्ना दिएका हुन्।

स्थानीय तहका प्राविधिक, लेखा, राजस्व, प्रशासनलगायत विभिन्न समूहका एक सय ६० कर्मचारी कार्यालयको काम छोडेर धर्नामा बसेका हुन्। पटक–पटक लिखित तथा मौखिक जानकारी गराए पनि कुनै सुनवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको आन्दोरत कर्मचारीको गुनासो छ।

एक वर्ष अगाडि स‌ंघीय लोकसेवा आयोगबाट उतीर्ण भई मधेश प्रदेशमा पदस्थापनाका लागि सिफारिस भएका कर्मचारी कामविहीन भएपछि आन्दोलनमा उत्रेको उनीहरुको भनाइ छ।

स्थानीय तह कर्मचारी आन्दोलन समितिका संयोजक बीरबहादुर सलौराले सम्बन्धित निकायले सुनवाइ नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए। मधेश प्रदेशमा एक हजार स्थानीय तहका कर्मचारी कार्यरत छन्।

संघीय लोकसेवा आयोगबाट अन्य प्रदेशमा सिफारिस भएका कर्मचारीको पदस्थापना भए पनि मधेश प्रदेशका कर्मचारीको पदस्थापना नभएको उनले बताए।

पदस्थापना नभएकाले थप सेवा सुविधा पाउन समस्या भएको आन्दोलनरत कर्मचारीको भनाइ छ। उनीहरूले आन्दोलन गर्नुपूर्व मुख्यमन्त्री सतिशकुमार सिंहलाई लिखितरूपमा पदस्थापनाको लागि आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएका थिए।

प्रकाशित: १७ पुष २०८१ १८:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast