हट एयर बेलुनमा उड्दै कलाकारले कोरे चित्र

हिमाल प्रेस १७ पुष २०८१ १७:०७
8
SHARES
हट एयर बेलुनमा उड्दै कलाकारले कोरे चित्र

गण्डकी- प्राज्ञ नगेन सिंहले पोखराको पामेमा सञ्चालित अन्तरराष्ट्रिय हट एयर बेलुन फेष्टिफलका अवसरमा हट एयर बेलुनमा उड्दै दुई कलाकृति सिर्जना गरेका छन्।

प्राज्ञ सिंहले बेलायती पाइलट एलेक्सले चार हजार फिटमाथि बेलुन उठाउँदा क्यानभासमा सूर्योदयको कलाकृतिसँगै अन्नपूर्ण दृष्य चित्र सिर्जना गरेका छन्।

नेपालको हट एयर बेलुनमा उडेर बनाएको चित्र पहिलो पटक भएको र अन्तरराष्ट्रिय हट एयर बेलुन फेस्टिभलको पनि पहिलो घटना हुन सक्ने बेलुन नेपालका व्यवस्थापक सरोज कोइरालाको दाबी छ।

हट एयर बेलुनका पाइलट एलेक्सले हट एयर बेलुनमा बसेर बनाइएको कलाकृति सिर्जनालाई आफ्नो जीवनीको पुस्तकमा समावेश गर्ने बताए।

फेस्टिफल संयोजक प्रविण महर्जनले बेलुन फेष्टिभलमा बेलुनमा कलाकृतिको सिर्जना ऐतिहासिक क्षण भएको बताउँदै नेपालमा पहिलो पटक डिजे नानाले बेलुनमा प्रस्तुति दिएको जानकारी गराए।

प्रकाशित: १७ पुष २०८१ १७:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast