वार्षिक निर्यात ६० अर्ब रूपैयाँ पुर्‍याउने पाकिस्तानको लक्ष्य

हिमाल प्रेस १७ पुष २०८१ १५:०३
8
SHARES
वार्षिक निर्यात ६० अर्ब रूपैयाँ पुर्‍याउने पाकिस्तानको लक्ष्य

काठमाडौँ- पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले देशको राष्ट्रिय आर्थिक रूपान्तरण योजना सन् २०२४/२९ प्रारम्भ गरेका छन्।

६ प्रतिशत कूल गार्हस्थ्य (जीडीपी) वृद्धि हासिल गर्ने तथा वार्षिक निर्यातलाई ६० रूपैयाँ पुर्‍याउने लक्ष्यसहित प्रधानमन्त्री शरिफले योजना प्रारम्भ गरेका हुन्।

योजना सार्वजनकीकरण कार्यक्रममा बोल्दै उनले देशको आर्थिक चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यअनुरूप योजना प्रारम्भ गरिएको बताए।

शरिफले आफ्नो सरकारले उद्योग, वाणिज्य, सूचना प्रविधि, व्यापार तथा लगानीको प्रवद्र्धन र विश्वभर पाकिस्तानमा निर्मित उत्पादनका लागि नयाँ बजार खोज्ने कुरामा ध्यान केन्द्रित गर्ने उल्लेख गरे।

निर्यातमा आधारित वृद्धि पाकिस्तानको आर्थिक पुनरुत्थानको आधार हुने शरिफले बताए।

प्रतिस्पर्धा र दक्षता प्रवद्र्धन गर्न उत्पादन लागत घटाउने, लगानीलाई प्रोत्साहन गर्ने र आयात प्रतिबन्ध हटाउने महत्वमा जोड दिँदै उनले आर्थिक वृद्धि हासिल गर्न प्रमुख रणनीतिहरू प्रस्तुत गरे।

प्रधानमन्त्री शरिफले विकासलाई सुरक्षासँग जोड्ने तथा चीन–पाकिस्तान आर्थिक करिडरलगायतका दुवै प्रमुख पहल आफ्नो सरकारको प्राथमिकता रहेको उल्लेख गरे।

अर्थमन्त्री मुहम्मद औरङ्गजेबले अर्थ मन्त्रालयमा छुट्टै कर नीति इकाई स्थापना गर्नेलगायतका सुधारका माध्यमबाट वित्तीय अनुशासन तथा स्थायित्व ल्याउने बताए।

प्रकाशित: १७ पुष २०८१ १५:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast