नेपालले चार राष्ट्र सम्मिलित महिला फुटबल आयोजना गर्ने

हिमाल प्रेस १७ पुष २०८१ १४:३९
16
SHARES
नेपालले चार राष्ट्र सम्मिलित महिला फुटबल आयोजना गर्ने

काठमाडौँ- नेपालले फेब्रुअरी १७ देखि २६ सम्म काठमाडौंमा चार राष्ट्र सम्मिलित महिला फुटबल प्रतियोगिता आयोजना गर्दैछ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार आयोजक नेपालसहित कीर्गिस्तान, लेबनान र म्यानमारका महिला टोलीहरूले प्रतियोगितामा सहभागिता जनाउनेछन्।

प्रतियोगितामा सहभागी टोलीहरू मध्ये म्यानमार (५५औं) फिफा वरीयतामा छ। नेपाल वरीयतामा १०३ मा छ। कीर्गिस्तान १२८औं, लेबनान र १३४औं स्थानमा छन्।

नेपालले २०२४ डब्लूएएएफ महिला च्याम्पियनसीपमा लेबनानलाई २-१ ले पराजित गरेको थियो। त्यस्तै, नेपालले म्यानमारसँग चार पटक प्रतिस्पर्धा गरेकोमा एक खेल बराबरी र तीन खेलमा हार व्यहोरेको छ। त्यस्तै, नेपालले २०१९ को नाज्दा कपमा कीर्गिस्तानलाई ८-२ को फराकिलो अन्तरले पराजित गरेको थियो।

प्रकाशित: १७ पुष २०८१ १४:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast