बीपीको मेलमिलाप नीति भनेकै राजसंस्था र प्रजातान्त्रिक शक्तिको एकता हो : कमल थापा

हिमाल प्रेस १७ पुष २०८१ ८:१४
34
SHARES
बीपीको मेलमिलाप नीति भनेकै राजसंस्था र प्रजातान्त्रिक शक्तिको एकता हो : कमल थापा

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले बीपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीतिको मुख्य सन्देश भनेको राजसंस्था र प्रजातान्त्रिक शक्तिबीच एकता र सहकार्य भएको दाबी गरेका छन्।

बीपीको मेलमिलाप नीतिको अवसरमा नेपाली कांग्रेस (बीपी)द्वारा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै थापाले नेपालमा राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक समृद्धिको निमित्त राष्ट्रवादी र प्रजातान्त्रिक शक्तिहरू मिल्नुपर्छ भन्ने राष्ट्रिय मेलमिलापको मूल आत्मा भएको समेत स्पष्ट पारे।

थापाले थपे, ‘यो यथार्थलाई बंगाएर गणतन्त्रको दुहाई दिनु बीपी कोइरालाको अपमान हो।’ अहिलेको विषम परिस्थितिमा राष्ट्रिय मेलमिलापको आवश्यकता अझ टड्कारो भएको चर्चा गर्दै थापाले परिवर्तनकारी शक्ति र विचार एवं परम्परागत शक्ति र विचार बीचको सामञ्जस्यता राष्ट्रिय सुरक्षा, सुशासन र समृद्धिको ग्यारेन्टी भएको समेत बताए।

प्रकाशित: १७ पुष २०८१ ८:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast