२० युवा ब्याटरलाई मोन्टीको निगरानीमा प्रशिक्षण दिइने

हिमाल प्रेस ३ माघ २०८१ ७:४१ | Thursday, January 16, 2025
२० युवा ब्याटरलाई मोन्टीको निगरानीमा प्रशिक्षण दिइने लोकेश बम ।

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले ‘ब्याटिङ क्याम्प’ सञ्चालन गर्ने भएको छ। क्यानले बुधबार एक सूचना जारी गर्दै युवा ब्याटरका लागि क्याम्प सञ्चालन गर्न लागेको जानकारी दिएको हो।

माघ ४ देखि १२ गतेसम्म त्रिवि र मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने क्याम्पमा २० खेलाडीलाई बोलाइएको छ। यी खेलाडीलाई राष्ट्रिय टोलीका प्रशिक्षक मोन्टी देसाइको प्रत्यक्ष निगरानीमा राखिने छ। खेलाडीको क्षमता अभिवृद्धि गर्न यस क्याम्पको सञ्चालन गर्न लागिएको क्यानले जनाएको छ।

क्याम्पमा बोलाइएका खेलाडी
लोकेश बम, तृतराज दास, किरण ठगुन्ना, रित गौतम, आकाश त्रिपाठी, सोनु अन्सारी, अर्जुन कुमाल, अंकित सुवेदी, आशुतोष घिरैया, सोहेल कुँवर, अभिषेक तिवारी, विपिन रावल, सन्तोष यादव, नरेन भट्ट, उत्तम थापामगर, शुभ कंशाकार, इम्रान शेख, सन्तोष कार्की, सुजन थपलिया र अर्जुन घर्ती ।

प्रकाशित: ३ माघ २०८१ ७:४१ | Thursday, January 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast