काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले २०८१ बाट मात्रै निवृत्तिभरण ऐनमा शिक्षक सेवा समावेश हुने बताएकी छन्।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले केही दिनअघि सरकारले जारी गरेको अध्यादेशमा निवृत्तिभरण ऐनको बारेमा पनि उल्लेख भएको जानकारी दिइन्।
‘निवृत्तिभरण ऐनको बारेमा जुन अध्यादेशमा आयो, त्यसमा शिक्षक सेवा पनि समावेश हुने निवृत्तिभरण ऐन कोषमा भन्ने आयो,’ भट्टराईले भनिन्, ‘त्यसमा शिक्षकहरूमा केही कन्फ्युजन थियो। कहिलेबाट भनेर मैले आज मन्त्रिपरिषद्मा यो विषय प्रवेश गराएँ। २०८१ सालबाट मात्रै उहाँहरू त्यसमा समावेश हुनुहुन्छ। अगाडिको शिक्षकहरू पेन्सनकै प्रावधानमा रहनुहुन्छ।’
                            प्रकाशित: ७ माघ  २०८१ १९:४५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             

