१९२ जनालाई स्थायी शिक्षक नियुक्ति सिफारिस (सूचीसहित)

हिमाल प्रेस ३ माघ २०८१ १६:३३ | Thursday, January 16, 2025
१९२ जनालाई स्थायी शिक्षक नियुक्ति सिफारिस (सूचीसहित)

काठमाडौँ- कोशी प्रदेश शिक्षा विकास निर्देशनालयले शिक्षक सेवा आयोगको परीक्षाबाट उत्तीर्ण विभिन्न विषयका १९२ जनालाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ।

निर्देशनालयले निम्न माध्यमिक तहका शिक्षकलाई स्थायी नियुक्ति दिन आज शिक्षा विकास तथा समन्वय एकाइसमक्ष सिफारिस गरेको हो। १९२ जना विज्ञान, गणित विज्ञान, सामाजिक, अंग्रेजी, नेपाली विषयका शिक्षक हुन्।

शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरको आव २०८०/८१ को विभिन्न विज्ञापनबाट लिखित परीक्षा तथा अन्तर्वार्तामा उत्तीर्ण निम्न माध्यमिक तह तृतीय श्रेणीका उम्मेदवारहरूलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी, भक्तपुरको पत्रसाथ योग्यताक्रमको सूची, जिल्लाको विषयगत पदसंख्या र शिक्षक पदस्थापनाका आधारमा निर्देशनालयको २४ गतेको ७ दिने सूचना अनुसार उम्मेदवारहरूले भरेको जिल्ला छनोट फाराम र कागजातका आधारमा योग्यताक्रम अनुसार जिल्लाहरूमा नियुक्ति लागि सिफारिस गरिएको जनाइएको हो।

सूची

प्रकाशित: ३ माघ २०८१ १६:३३ | Thursday, January 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast